बुशफायर (डढेलो) को लागि तयार हुनुहोस्
यदि तपाईं जङ्गलहरू, घाँसेमैदानहरू, वा झाडी भएको क्षेत्र विशेषगरी ग्रामीण, तटीय, वा ग्रामीण जमिनको सीमावर्ती अर्धशहरी क्षेत्रहरू नजिकै बस्नुहुन्छ भने तपाईं बुशफायरहरूको सबैभन्दा धेरै जोखिममा हुनुहुन्छ।
आज तयारी गर्नाले बुशफायर भयो भने तपाईंलाई सुरक्षित रहन मद्दत गर्न सक्छ। आफ्नो घरमा सबैजनासँग कुरा गर्नुहोस् र सँगै तयारी गर्नुहोस् ताकि प्रत्येक व्यक्तिलाई के गर्ने भनेर थाहा होस्।
आफ्नो घरलाई तयार राख्नुहोस्
- छत र गटरहरू सफा राख्नुहोस्।
- रूखहरू छाँट्नुहोस्, घाँस काट्नुहोस् र ज्वलनशील सामग्रीलाई थुप्रो बनाउनुस्।
- भित्ता, भुइँ, झ्याल, ढोका र छतहरूमा भएका खाली ठाउँहरू बन्द गर्नुहोस्।
आपतकालीन योजना बनाउनुहोस्
- आपतकालिन अवस्थामा तपाईं कसलाई फोन गर्नुहुनेछ?
- तपाईं कहिले त्यहाँबाट जाने र तपाईं जाँदा कसरी सुरक्षित रहनुहुनेछ?
- तपाईं कहाँ जानुहुनेछ?
आपतकालीन किट प्याक गर्नुपर्छ
तपाईंको आपतकालीन किटमा के प्याक गर्ने?
- लुगा
- ऊनीका कम्बलहरू
- व्यक्तिगत सरसफाईका सामग्रीहरू र ट्वाइलेट पेपर
- सनस्क्रिन र हातको सेनिटाइजर
- औषधीहरू र प्राथमिक उपचार किट
- पानी (प्रति व्यक्ति कम्तिमा ३ लिटर, प्रति दिन)
- खाना (नाश नहुने खाना र क्यान ओपनर)
- ब्याट्रीद्वारा सञ्चालित रेडियो
- टर्च र अतिरिक्त ब्याट्रीहरू।
यदि तपाईं त्यहाँबाट जान आवश्यक छ भने तपाईंले निम्न कुराहरू लाने सुनिश्चित गर्नुहोस्:
- मोबाइल फोन र चार्जर
- महत्त्वपूर्ण कागजातहरू
- बहुमूल्य चीजहरू
- नगद र बैंक कार्डहरू
- औषधीहरू।

