बाढीका लागि तयार हुनुहोस्
बाढी जहाँ पनि आउन सक्छन्। यदि तपाईं नदीहरू, खोलाहरू, आँधीबेरीको पानीका नालीहरू, वा बाढीका मैदानहरू नजिकै, आँधीजन्य समुद्री ज्वारहरूको जोखिममा रहेका तटीय शहरहरूमा, होचा क्षेत्रहरूमा वा कमजोर जल निकासी भएका क्षेत्रहरूमा, वा पहिले बाढी आएका क्षेत्रहरूमा बस्नुहुन्छ भने तपाईं उच्च जोखिममा पर्न सक्नुहुन्छ।
आज तयारी गर्नाले बाढी आयो भने तपाईंलाई सुरक्षित रहन मद्दत गर्न सक्छ। आफ्नो घरमा सबैसँग कुरा गर्नुहोस् र सँगै तयारी गर्नुहोस् ताकि प्रत्येक व्यक्तिलाई के गर्ने भनेर थाहा होस्।
आफ्नो घरलाई तयार राख्नुहोस्
- बहुमूल्य वस्तुहरू, महत्त्वपूर्ण कागजातहरू र विद्युतीय वस्तुहरूलाई बाढीको स्तरहरू भन्दा माथि भण्डार गर्नुहोस्।
- गटर, नाली र डाउनपाइपहरू सफा राख्नुहोस्।
- बालुवाको झोलाहरू वा बाढी अवरोधहरू तयार राख्नुहोस्।
आपतकालीन योजना बनाउनुहोस्
- आपतकालिन अवस्थामा तपाईं कसलाई फोन गर्नुहुनेछ?
- तपाईं कहिले त्यहाँबाट जाने र तपाईं जाँदा कसरी सुरक्षित रहनुहुनेछ?
- तपाईं कहाँ जानुहुनेछ?
आपतकालीन किट प्याक गर्नुपर्छ
तपाईंको आपतकालीन किटमा के प्याक गर्ने?
- लुगा
- ऊनीका कम्बलहरू
- व्यक्तिगत सरसफाईका सामग्रीहरू र ट्वाइलेट पेपर
- सनस्क्रिन र हातको सेनिटाइजर
- औषधीहरू र प्राथमिक उपचार किट
- पानी (प्रति व्यक्ति कम्तिमा ३ लिटर, प्रति दिन)
- खाना (नाश नहुने खाना र क्यान ओपनर)
- ब्याट्रीद्वारा सञ्चालित रेडियो
- टर्च र अतिरिक्त ब्याट्रीहरू।
यदि तपाईं त्यहाँबाट जान आवश्यक छ भने तपाईंले निम्न कुराहरू लाने सुनिश्चित गर्नुहोस्:
- मोबाइल फोन र चार्जर
- महत्त्वपूर्ण कागजातहरू
- बहुमूल्य चीजहरू
- नगद र बैंक कार्डहरू
- औषधीहरू।

