तापलहरहरू (Heatwaves)

तापलहरका लागि तयार हुनुहोस्

तापलहरले सबैलाई असर गर्न सक्छन्। तापलहरले हिटस्ट्रोक निम्त्याउन सक्छन्, जुन ज्यानलाई खतरामा पार्ने अवस्था हो जब शरीर अत्यधिक तातो हुन्छ र चिसो हुन सक्दैन। साना बच्चाहरू, ६५ वर्ष भन्दा बढी उमेरका मानिसहरू, गर्भवती वा स्तनपान गराउने महिलाहरू, बाहिरी कामदारहरू, र दीर्घकालीन रोगहरू भएका बढी उमेरकाहरू सबैभन्दा बढी जोखिममा छन्।

आज तयारी गर्नाले तापलहर आयो भने तपाईंलाई सुरक्षित रहन मद्दत गर्न सक्छ। आफ्नो घरमा सबैजनासँग कुरा गर्नुहोस् र सँगै तयारी गर्नुहोस् ताकि प्रत्येक व्यक्तिलाई के गर्ने भनेर थाहा होस्।

आफ्नो घरलाई तयार राख्नुहोस्

  • पंखाहरू र एयर कन्डिसनिङलाई जडान वा मर्मत गर्नुहोस्।
  • झ्यालका घाम नछिर्ने पर्दा (विन्डो शेड) र पर्दाहरू प्रयोग गर्नुहोस्।
  • तातो हावा भित्र पस्न नदिन इन्सुलेसन सुधार गर्नुहोस् र हावा चुहिने ठाउँहरू बन्द गर्नुहोस्।

आपतकालीन योजना बनाउनुहोस्

  • आपतकालिन अवस्थामा तपाईं कसलाई फोन गर्नुहुनेछ?
  • तपाईं कहिले त्यहाँबाट जाने र तपाईं जाँदा कसरी सुरक्षित रहनुहुनेछ?
  • तपाईं कहाँ जानुहुनेछ?

हिट स्ट्रोकको चेतावनी दिने संकेतहरू

आफू र अरूमा निम्न लक्षणहरूको लागि सतर्क रहनुहोस्:

  • भ्रमित हुने, चक्कर लाग्ने, वा बेहोश हुने
  • वाकवाकी वा बान्ता आउने
  • टाउको दुख्ने
  • मांसपेशीमा संकुचनहरू हुने
  • मुटुको धड्कन द्रुत हुने
  • शरीरमा धेरै उच्च तापक्रम।


यदि कसैले हिटस्ट्रोकका लक्षणहरू देखाउँछन् भने, तुरून्त 000 मा फोन गर्नुहोस्। उनीहरूलाई शीतल वा छायाँदार ठाउँमा सुताएर, अत्यधिक लुगा हटाएर र चिसो पानीले उनीहरूको छाला भिजाएर शीतल बनाउन मद्दत गर्नुहोस्। पूर्ण रूपमा सचेत छन् र प्रतिक्रिया दिन्छ भने, तिनीहरूलाई थोरै–थोरै गरेर बारम्बार पानी पिउन दिनुहोस्।

आपतकालीन किट प्याक गर्नुपर्छ

आपतकालीन किट भनेको तपाईंले आज प्याक गर्नसक्ने अत्यावश्यक वस्तुहरूको बाकस वा झोला हो ताकि तापलहर वा अन्य आपतकालीन अवस्था आयो भने तपाईं तयार रहनुहुन्छ।

तपाईंको किटलाई सुख्खा, पहुँच गर्न सजिलो हुने ठाउँमा राख्नुहोस्, र तपाईंको घरमा भएका सबैलाई यो कहाँ छ भन्ने कुरा थाहा हुने कुरा सुनिश्चित गर्नुहोस्।

 

तापलहर सम्बन्धी संसाधनहरू
नेपाली भाषामा तापलहरहरूका लागि तयारी गर्न मद्दत गर्ने संसाधनहरू

 

Watch Get Ready Australia (गेट रेडी अष्ट्रेलिया) – तापलहरका लागि तयारी गर्नुहोस् - Nepali | नेपाली on YouTube.
Watch Heatwaves - Nepali - Video - 15sec on YouTube.

तपाईंको क्षेत्रमा प्राकृतिक खतराको लागि तयारी सम्बन्धी जानकारी

यी राज्य र क्षेत्रीय संगठनहरूले स्थानीय समुदायहरू अनुसार अनुकूलित सहायता प्रदान गर्छन्। तिनीहरूले आफ्नो क्षेत्रमा विशेष जोखिमहरूको आधारमा मानिसहरूलाई प्रकोपहरूका लागि तयारी गर्न र सुरक्षित रहन मद्दत गर्नमा ध्यान केन्द्रित गर्छन्।

तपाईंका आवश्यकताहरूका लागि जानकारी

भिन्न-भिन्नै व्यक्तिको भिन्न-भिन्नै आवश्यकताहरू हुन्छन्। यहाँ र माथिका लिंकहरूमा प्रदान गरिएको जानकारीले तपाईंको परिवारको अद्वितीय परिस्थितिहरूलाई पूर्ण रूपमा सम्बोधन नगर्न सक्छ। यहाँ केही अतिरिक्त संसाधनहरू छन् जसले त्यो जानकारीलाई पूरक बनाउँछ र तयारी प्रक्रियामा तपाईंलाई अझ राम्रोसँग सहयोग गर्न सक्छ।