आँधीबेरीहरू (Storms)

आँधीबेरीका लागि तयार हुनुहोस्

आँधीबेरी अष्ट्रेलियामा जहाँसुकै पनि हुन सक्छन्। यदि तपाईं खोला, नदी वा आँधीबेरीको पानीको नाली नजिकै बस्नुहुन्छ, वा क्षेत्रीय वा तटीय समुदायमा बस्नुहुन्छ भने, तपाईंको घर ठूला रूखहरूले घेरिएको छ वा पुरानो छत छ, वा तपाईं स्वास्थ्य वा गतिशीलता उपकरणहरूको लागि बिजुलीमा निर्भर हुनुहुन्छ भने तपाईं उच्च जोखिममा पर्न सक्नुहुन्छ।

आज तयारी गर्नाले आँधीबेरी आयो भने तपाईंलाई सुरक्षित रहन मद्दत गर्न सक्छ। आफ्नो घरमा सबैजनासँग कुरा गर्नुहोस् र सँगै तयारी गर्नुहोस् ताकि प्रत्येक व्यक्तिलाई के गर्ने भनेर थाहा होस्।

आफ्नो घरलाई तयार राख्नुहोस्

नियमित घर मर्मतको हिस्साको रूपमा निम्न कुराहरू गर्नुहोस्:

  • रूखका हाँगाहरू छोट्याउनुहोस्।
  • गटर, डाउनपाइप र नालीहरू सफा गर्नुहोस्।
  • छत, टाइल र झ्यालहरू जाँच गर्नुहोस् र मर्मत गर्नुहोस्।
  • सर्ज प्रोटेक्टरहरू स्थापना गर्नुहोस्।

आँधी नजिकै आउँदै गर्दा:

  • फर्निचर, छाता, र ट्र्याम्पोलिनहरू जस्ता बाहिरी वस्तुहरू बाँध्नुहोस् वा भण्डारण गर्नुहोस्।

आपतकालीन योजना बनाउनुहोस्

  • आपतकालिन अवस्थामा तपाईं कसलाई फोन गर्नुहुनेछ?
  • तपाईं कहिले त्यहाँबाट जाने र तपाईं जाँदा कसरी सुरक्षित रहनुहुनेछ?
  • तपाईं कहाँ जानुहुनेछ?

आपतकालीन किट प्याक गर्नुपर्छ

तपाईंको आपतकालीन किटमा के प्याक गर्ने?
  • लुगा
  • ऊनीका कम्बलहरू
  • व्यक्तिगत सरसफाईका सामग्रीहरू र ट्वाइलेट पेपर
  • सनस्क्रिन र हातको सेनिटाइजर
  • औषधीहरू र प्राथमिक उपचार किट
  • पानी (प्रति व्यक्ति कम्तिमा ३ लिटर, प्रति दिन)
  • खाना (नाश नहुने खाना र क्यान ओपनर)
  • ब्याट्रीद्वारा सञ्चालित रेडियो
  • टर्च र अतिरिक्त ब्याट्रीहरू।

यदि तपाईं त्यहाँबाट जान आवश्यक छ भने तपाईंले निम्न कुराहरू लाने सुनिश्चित गर्नुहोस्:

  • मोबाइल फोन र चार्जर
  • महत्त्वपूर्ण कागजातहरू
  • बहुमूल्य चीजहरू
  • नगद र बैंक कार्डहरू
  • औषधीहरू।

     
आँधीबेरीहरू सम्बन्धी संसाधनहरू
नेपाली भाषामा आँधीबेरीका लागि तयारी गर्न मद्दत गर्ने संसाधनहरू

 

Watch Get Ready Australia (गेट रेडी अष्ट्रेलिया) – आँधीबेरीका लागि तयारी गर्नुहोस् - Nepali | नेपाली on YouTube.
Watch Storms - Nepali - Video - 15sec on YouTube.

तपाईंको क्षेत्रमा प्राकृतिक खतराको लागि तयारी सम्बन्धी जानकारी

यी राज्य र क्षेत्रीय संगठनहरूले स्थानीय समुदायहरू अनुसार अनुकूलित सहायता प्रदान गर्छन्। तिनीहरूले आफ्नो क्षेत्रमा विशेष जोखिमहरूको आधारमा मानिसहरूलाई प्रकोपहरूका लागि तयारी गर्न र सुरक्षित रहन मद्दत गर्नमा ध्यान केन्द्रित गर्छन्।

तपाईंका आवश्यकताहरूका लागि जानकारी

भिन्न-भिन्नै व्यक्तिको भिन्न-भिन्नै आवश्यकताहरू हुन्छन्। यहाँ र माथिका लिंकहरूमा प्रदान गरिएको जानकारीले तपाईंको परिवारको अद्वितीय परिस्थितिहरूलाई पूर्ण रूपमा सम्बोधन नगर्न सक्छ। यहाँ केही अतिरिक्त संसाधनहरू छन् जसले त्यो जानकारीलाई पूरक बनाउँछ र तयारी प्रक्रियामा तपाईंलाई अझ राम्रोसँग सहयोग गर्न सक्छ।