सुनामीहरू (Tsunamis)

सुनामीका लागि तयार हुनुहोस्

अष्ट्रेलियाको उत्तर-पश्चिम र पूर्वी तटहरूमा सुनामीहरू आउने बढी सम्भावना हुन्छ। तथापि, ती जहाँ पनि आउन सक्छन्।

आज तयारी गर्नाले तपाईंलाई सुनामी आयो भने सुरक्षित रहन मद्दत गर्न सक्छ। आफ्नो घरमा सबैजनासँग कुरा गर्नुहोस् र सँगै तयारी गर्नुहोस् ताकि प्रत्येक व्यक्तिलाई के गर्ने भनेर थाहा होस्।

चेतावनी दिने संकेतहरू जान्नुहोस्

यदि तपाईंले यी मध्ये कुनै पनि सङ्केतहरू देख्नुभयो भने, तुरून्तै कदम चाल्नुहोस्: भित्री भूभाग वा उचाइ भएको स्थानतर्फ सर्नुहोस्।

यदि तपाईंले पृथ्वी हल्लिएको महसुस गर्नुभयो भने

सुनामी आउनु अघि समुद्र भित्रको भूकम्प महसुस हुन सक्छ, यद्यपि टाढाका भूकम्पहरू थापा पाउन नसकिने हुन सक्छन्।

यदि तपाईंले समुद्रको सतह घटेको देख्नुभयो भने

सुनामी आउनु अघि समुद्रको सतह अचानक घट्न सक्छ (तर सधैँ यस्तो हुँदैन)। त्यसपछि यो द्रुत गतिमा चल्ने छालको रूपमा फर्कन्छ।

यदि तपाईंले असामान्य गर्जन सुन्नुभयो भने

ठूलो महासागरको गर्जनले आउँदै गरेको सुनामीको संकेत गर्न सक्छ।

आपतकालीन योजना बनाउनुहोस्

  • आपतकालिन अवस्थामा तपाईं कसलाई फोन गर्नुहुनेछ?
  • तपाईं कहिले त्यहाँबाट जाने र तपाईं जाँदा कसरी सुरक्षित रहनुहुनेछ?
  • तपाईं कहाँ जानुहुनेछ?

आपतकालीन किट प्याक गर्नुपर्छ

तपाईंको आपतकालीन किटमा के प्याक गर्ने?
  • लुगा
  • ऊनीका कम्बलहरू
  • व्यक्तिगत सरसफाईका सामग्रीहरू र ट्वाइलेट पेपर
  • सनस्क्रिन र हातको सेनिटाइजर
  • औषधीहरू र प्राथमिक उपचार किट
  • पानी (प्रति व्यक्ति कम्तिमा ३ लिटर, प्रति दिन)
  • खाना (नाश नहुने खाना र क्यान ओपनर)
  • ब्याट्रीद्वारा सञ्चालित रेडियो
  • टर्च र अतिरिक्त ब्याट्रीहरू।

यदि तपाईं त्यहाँबाट जान आवश्यक छ भने तपाईंले निम्न कुराहरू लाने सुनिश्चित गर्नुहोस्:

  • मोबाइल फोन र चार्जर
  • महत्त्वपूर्ण कागजातहरू
  • बहुमूल्य चीजहरू
  • नगद र बैंक कार्डहरू
  • औषधीहरू।

     
सुनामीहरू सम्बन्धी संसाधनहरू
नेपाली भाषामा सुनामीका लागि तयारी गर्न मद्दत गर्ने संसाधनहरू

 

Watch Get Ready Australia (गेट रेडी अष्ट्रेलिया) – सुनामीका लागि तयारी गर्नुहोस् - Nepali | नेपाली on YouTube.
Watch Tsunamis - Nepali - Video - 15sec on YouTube.

तपाईंको क्षेत्रमा प्राकृतिक खतराको लागि तयारी सम्बन्धी जानकारी

यी राज्य र क्षेत्रीय संगठनहरूले स्थानीय समुदायहरू अनुसार अनुकूलित सहायता प्रदान गर्छन्। तिनीहरूले आफ्नो क्षेत्रमा विशेष जोखिमहरूको आधारमा मानिसहरूलाई प्रकोपहरूका लागि तयारी गर्न र सुरक्षित रहन मद्दत गर्नमा ध्यान केन्द्रित गर्छन्।

तपाईंका आवश्यकताहरूका लागि जानकारी

भिन्न-भिन्नै व्यक्तिको भिन्न-भिन्नै आवश्यकताहरू हुन्छन्। यहाँ र माथिका लिंकहरूमा प्रदान गरिएको जानकारीले तपाईंको परिवारको अद्वितीय परिस्थितिहरूलाई पूर्ण रूपमा सम्बोधन नगर्न सक्छ। यहाँ केही अतिरिक्त संसाधनहरू छन् जसले त्यो जानकारीलाई पूरक बनाउँछ र तयारी प्रक्रियामा तपाईंलाई अझ राम्रोसँग सहयोग गर्न सक्छ।